बिहे गरेर अर्काको घरमा पठाएको छोरी कृष्णाले बाबुको मुख हेर्ने कुसे औंसीको दिनमा मीठा मीठा परिकारहरु बोकेर आफ्नो बाबुको मुख हेर्न पुगिन् । माइत पुगेपछि उनले आफ्नो बाबुको मुखमा लगेर मिठाई खुवाइन् । कृष्णाको दाजुको नाबालक छोरा आभुषणले “फूपु दिदी हजुरले आज किन हजुरबाको मुखमा लगेर मिठाइ खुवाइदिनु भएको” भने । “आज तिमीहरुले आफ्नो बाबुलाई मीठा मीठा खानेकुरा खुवाएर राम्रा राम्रा लुगा दिएर मुख हेर्ने दिन हो नि त” आभुषणको हजुरआमाले भनिन् । “हामीले बुबाको मुख त दिनहुं हेर्न पाइरहेका छौ नि अरु दिन हामीले आफ्नो आँखा बन्द गरेर बुबाको मुख नहेरेका छैनौ” आभुषणले भने ।
“वर्षको एक दिन आमाको मुख हेर्ने दिन मातातीर्थे औसी र एक दिन बाबुको मुख हेर्ने दिन कुसे औसीको दिन पर्छ नि बाबु” हजुरआमाले भनिन् । “त्यसो भए अरु दिन हामीले आमा र बाबुको मुख नहेरे भैहाल्यो नि त हुदैन” आभुषणले भने । “अरु दिन आमा र बाबुको मुख नहेर्ने हो भने तैंले आफ्नो घर छाडेर अन्तै गएर बस्नुपर्छ कहाँ गएर बस्छस् त” आभुषणको हजुरबाले भने । “मलाई हजुरबाले अन्त कुनै ठाउँमा अर्कै घर बनाइदिनु नि” म गएर बसीहाल्छु नि नाबालक बच्चा आभुषणले भने ।
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)
प्रतिक्रिया