गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित

इनेप्लिज २०७९ असार २९ गते २१:३९ मा प्रकाशित

फ्रान्स को पेरिस शहर को पूर्वी सिमानामा जोडीएको पँता (Pantin) शहर अबस्थित बिशाल पार्कमा आईतबार १० जुलाई २०२२ कादिन गोरखाली समाज फ्रान्सले आफ्नो महाधिवेशन / निर्बाचन /भेटघाट तथा बार्बेक्यु कार्यक्रम सम्पन्न  गरेको छ । फ्रान्समा भएकाबिभिन्न नेपाली सँघ संस्था संग सहकार्य गर्दै आइरहेको यो समाजले  जन्मभूमिको माया र सद्भाव अनि अटुट सम्बन्ध कायम गर्दै बिभिन्नकिसिमका आर्थिक सहयोग गर्दै आएको पनि छ ।

कार्यक्रममा नेपाली राजदुत महामहिम दिपक अधिकारी  र  सिता अधिकारीको प्रमुख  अतिथित्य रहेको थियो कार्यक्रम  फ्रान्सका अधिकांश संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाकाअध्यक्ष सुरेन्द्र काप्रीले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन महासचिब राजेन्द्रबाबु श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रम स्थलकोवरपर र दोबाटोमा नेपाली ध्वजा , झन्डा , ब्यानर ले सजाइएको थियो । कार्यक्रम स्थलमा नेपाली संगितका बाजागाजा धुन, नृत्य भैरहदा, मासु पोल्ने पकाउने र खाने कृया पनि चलिरहेको थियो ।

नाच गान, कार्यक्रम को वीच वीच मा स्वागत मन्तव्यको कार्यक्रमसंचालन भै रहेको थियो ।

कार्यक्रममा समाजका महासचिव श्रेष्ठले संस्थाको कृयाकलापको प्रतिबेदन पेश गर्नुभयो भने , कोशाध्यक्ष श्रीमती नानु देबकोटा लेआर्थिक प्रतिबेदन पढेर सुनाउनुभयो।

निर्वाचन उपसमितिका संयोजक,अभिभाबक एब साहित्यकार  हरिहर अर्यालको  सहमतिमा निर्वाचन बाट १७ सदस्यिय कार्यसमिति चयन भएको घोषणा गर्नुभयो। नामावली समेत प्रकाशन  गरी एका आपसमा परिचयात्मक कार्यक्रम गर्नुभएको थियो र नबनिर्वाचित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो।

कार्यक्रममा समाजका सल्हाकार एब एकता समाज फ्रान्सका पूर्व अध्यक्ष  शुक  बहादुर गुरुङ तथा अर्को सल्हाकार, एन आर एन ए फ्रान्स का पूर्व अध्यक्ष्य, इन्जिनीयर निर्मल अर्याल ले निबर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कदर पत्र प्रदान गर्नुभयो।साथै बिगत का कार्यसमितिले गरेका   ऐतिसासिक उच कामको प्रसंसा गर्नुभयो।

नब निर्बाचित कार्यसमिति नामावली यस प्रकार रहेको छ ।

१. अध्यक्ष: रामेश्वर श्रेष्ठ

२. महिला उपाध्यक्ष: नानु देबकोटा

३. उपाध्यक्ष्य : सुजन राज भट्ट

४. महासचिब : धन कुमारी घले

५. सचिब: रंजित भट्ट

६.कोषाध्यक्ष्य : कुल तामांग

७.सह कोषाध्यक्ष्य : बार्ता कुमारी गुरुङ

 

सदस्यहरु:

रबिना सिम्खडा

सन्जिब देबकोटा

होम बहादुर थापा (अर्जुन थापा )

सुदिप दवाडी

सुजन बानिया

जीवन आले मगर

मन कुमारी घले

मिक्का गुरुङ (मुक्ति )

बिर बहादुर गुरुङ

सम्झना भट्ट

नब निर्वाचित समितिका पदाधिकारी हरुलाई  महामहिम राजदुत र निर्वाचन उपसमितिका संयोजक हरिहर अर्याल ले प्रमाण पत्रप्रदानगर्नु भएको थियो।

यसै क्रममा भने महामहिम राजदुत श्री दिपक अधिकारीले  गोर्खाली समाज फ्रान्स स्थापनाको उदेश्य प्राप्ति को लागिर नबनिर्बाचित अध्यक्ष  श्री रामेस्वर श्रेष्ठ लगयत कार्यसमिति का सम्पुर्ण महानुभाव हरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो। यसै क्रममा नबनिर्वाचित अध्यक्ष  श्री रामेश्वर श्रेष्ठ ले साथीहरुको ठुलो बिस्वास र भरोसाले मलाई अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गर्नुभएकोले म सबैलाई हार्दिककृत्यग्यता  प्रकट गर्न चाहान्छु भन्दै गोरखाली समाजको उदेश्य प्राप्तिका लागि दीलो ज्यानलेकाम गर्ने प्रतिबद्द्ता समेत जाहेर गर्नुभयो।

कार्यक्रममा गैर आबासीय नेपाली संघ का बरिस्ठ उपाध्यक्ष श्री शिबराम भण्डारी , पाकोफोन फ्रान्सका कोशाध्यक्ष  बिरु खड्का, सास्कृतिक गृहका अध्यक्ष्य  सुरज श्रेष्ठ , उपाध्यक्ष हेमन्त उपाध्याय , इनास फ्रान्सका अध्यक्ष प्रबिन सापकोटा , बरिष्ठ उपाध्यक्ष जगत खड्का, INALCO university का नेपाली प्राध्यापक डा .  राजेश खतिवडा, जनसम्पर्क समितिका पुर्व महामन्त्री कमल बिक्रमके सी, तमाङँ गेदुङ फ्रान्सका सल्लाहकार कुल ब तमाङ्ँ , मोना फ्रान्स योगेश पुन , एकताका   लगायत धेरै समाजसेबी महानुभावहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया