चाकरी

अरुणबहादुर खत्री “नदी” २०७९ असार २९ गते ९:५४ मा प्रकाशित

 

सधैँ झैं आज पनि मोहन ठूलो मान्छेको चाकरीमा गयो । ठूलो मान्छेको घरमा पालेको कुकुरले पनि उसलाई चिनिसकेको थियो । ठूलो मान्छेको घरभित्रबाट संगीतको धुन बजेको ठूलो आवाज बाहिरसम्म आइरहेको थियो ।

मोहन मूलढोकामा पुग्दा साहेबनी अर्थात् ठूलो मान्छेकी पत्नी संगीतको हल्ला भइरहेको कोठाबाट कस्तो हल्ला गरेको भन्दै फतफताउदै बाहिर निस्कदै थिइन् ।

साहेबनीलाई देख्ने बित्तिकै मोहन दुई हात जोडेर नमस्कार साहेबनी भन्दै उभियो । उसलाई देखेर साहेबनीले संगीत कोठामा हल्ला गर्नेहरु बिरुद्ध अरु दुईचार कुरा थपिन् । मोहनले मौकामा फाइदा उठाउदै भन्यो “मनासिव मर्जी भयो हजुर घरकै इज्जत जाने गरी यस्तो हल्ला गरिदिनु त भएन नी” । साहेबनीले आज मेरो छोराको बर्थ डे हो साथीहरुलाई बोलाएर के के गरेका छन् कुन्नी ।” “ओ हो कस्तो रमाइलो दिन रहेछ आज बाबुको जन्मदिन पो परेछ मैले प्रिजेन्ट ल्याउनै बिर्सेछु बाबुको जन्मदिन थाहा नभएर तर यस्तो शुभ अवसरमा गाउनेको स्वर नराम्रो रहेछ विदेशी पाराको आफ्नो देशको स्वदेशी गाना पो गाउनु पर्ने नि” मोहनले दुबै हात मुसार्दै भन्यो । गाउने त बाबु नै हो राम्रै गाउछ गीत लेख्ने म हुं र संगीत गरेर गिटार बनाउने मेरी छोरी हुन्” साहेबनीले स्पष्ट पारिन् । “ओ हो साहेबनीले लेख्नु भएको गीत कति राम्रो रहेछ बाबुको स्वर क्या मिठो रहेछ मैयाको गिटार क्या मधुर छ हजुर” मोहनले चाकरीको लागि मुस्कुराउँदै तुरुन्तै भाषा बदल्यो ।

सामाखुसी मार्ग, काठमाडौं (नेपाल)

प्रतिक्रिया