एमालेलाई पनि सहभागी गराएर अब चुनावी सरकार बनाउनुपर्छ : झलनाथ खनाल (भिडिओसहित)

इनेप्लिज २०७९ असार २८ गते ११:२१ मा प्रकाशित

 

काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारको कमजोरी रहेपनि यसको काँधमा निर्वाचन गराउने जिम्मेवारी रहेको बताएका छन् ।

उनले भने,‘सरकारले अब निर्वाचन गराउनुपर्छ । बजेट भर्खरै पास भएको छ । यसको कार्यान्वयन हुँदैछ । अर्को निर्वाचित सरकारले बजेट कार्यान्वयन गरेर जान्छ । अबको अवस्थामा चाँडोभन्दा चाँडो निर्वाचन गराउने र त्यसबाट आउने परिणामबाट नयाँ सरकार बन्छ ।’

उनले मोर्चाबन्दी गरेर जाने हो भने सबै लचिलो भएर जानुपर्नेमा पनि जोड दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अब चुनावी सरकार बनाउनुपर्ने र त्यसको नेतृत्व कसले गर्ने भन्नेबारे सल्लाह गरेर निश्कर्षमा पुग्न सकिने बताए ।

उनले चुनावी सरकार बनाउँदा एमालेलाई पनि सहभागी गराउनुपर्ने बताए । यद्धपी उनले वर्तमान सरकार ढाल्नको लागि भित्रभित्र ढाल्न भनेर नलागेको जिकिर गरे । उनले आफूहरु वर्तमान सरकारको रक्षा गरेर नै जाने बताए ।

प्रतिक्रिया