स्व-घोषित डोनेट्स्क जनवादी गणतन्त्रका (डिपिआर) रुसी समर्थक अन्वेषकहरूले शुक्रबार थप दुई बेलायती नागरिकहरूलाई “भाडामा ” भर्ना गरेको आरोप लगाएका छन्।
अहिले बेलायती भाडाका सैनिकहरू डिलन हेली र एन्ड्रयू हिल विरुद्ध अनुसन्धान चलिरहेको छ। उनीहरूलाई पहिले दोषी ठहरिएका तीन भाडाका सैनिकहरू जस्तै समान दफाहरू अन्तर्गत आरोप लगाइएको छ।
अनुसन्धान चलिरहेको छ र आरोपहरू ल्याइएको छ,” सँस्थाले एक अज्ञात (डिपिआर) अधिकारीलाई उद्धृत गर्दै विवरण दिएका छन् ।
डिपिआर युक्रेनको पूर्वमा रुसी समर्थक क्षेत्र हो जसलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छैन। बेलायती विदेश कार्यालयले राजनीतिक उद्देश्यका लागि कैदीहरूको “शोषण” को निन्दा गरेको छ र यो मुद्दा रूसी सरकारसँग उठाएको छ।
एक प्रवक्ताले भने “हामी उनीहरूको मुद्दामा युक्रेन सरकारसँग निरन्तर सम्पर्कमा छौं र उनीहरूलाई रिहा गर्ने प्रयासमा युक्रेनलाई पूर्ण समर्थन गर्दछौं।”
जुन ९ मा मोरक्कोका नागरिक ब्राहिम सादौनेसँगै बेलायतीहरू एडेन अस्लिन र शान पिनरलाई डिपिआरको एक अदालतले युक्रेनको लागि “भाडामा काम गर्ने” भएकोमा दोषी पाएपछि मृत्युदण्डको सजाय सुनाएको थियो । रुसी सरकारी संचारमाध्यमले त्यस समयमा समाचार सम्प्रेषण गरेको थियो।
एन्ड्र्यू हिल बेलायतको प्लाइमाउथका हुन भने उनको टाउकोको वरिपरि कुनै प्रकारको पट्टी र हातमा रगत लागेको देख्न सकिन्छ।
रुसी रक्षा मन्त्रालयले युक्रेनको दक्षिण-पश्चिममा रहेको माइकोलाइभ क्षेत्रमा रुसी सेनासमक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ । उनि ४ जना सन्तानका पिता हुन् ।
प्रतिक्रिया