युक्रेनको ओडेसा क्षेत्रमा रातभरि भएको रुसी आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार शुक्रबार दक्षिणी ओडेसा क्षेत्रको सेर्गिभका गाउँमा रहेको नौ तले आवासीय भवन र एउटा मनोरञ्जन केन्द्रमा तीनवटा रुसी क्षेप्यास्त्र प्रहार गर्दा दुई बालबालिका सहित कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
युक्रेनी राष्ट्रपतिका कमर्चारी उप प्रमुख किरिलो टिमोसेन्कोका अनुसार आक्रमणमा अन्य ३० जना घाइते भएको जनाए ।
खोज तथा उद्धार कार्य जारी रहेकाले सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
युक्रेनको सशस्त्र बलको दक्षिणी सेनापतिले ब्ल्याक सी(कालो सागर ) माथि उडान गर्ने टीयु -२२ रणनीतिक बमवर्षकहरूबाट प्रक्षेपण गरिएको केएच -२२ क्षेप्यास्त्रहरूले भवनहरूलाई प्रहार गरेको बताए ।
गत सोमबार मध्य युक्रेनको क्रेमेन्चुकमा रहेको एउटा बिशाल बजारमा भएको आक्रमणमा रुसी सेनाले प्रयोग गरेको उस्तै प्रकारका गोलाबारूद हुन् भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया