टर्कीले स्वीडेन र फिनल्याण्डलाई नेटोमा प्रवेश गर्न अनुमति दिने ,ठूलो कठिन समस्या टर्यो

इनेप्लिज २०७९ असार १५ गते २:०३ मा प्रकाशित

 

टर्कीले स्वीडेन र फिनल्याण्डलाई नेटोमा प्रवेश गर्न अनुमति दिने भए पछि ठूलो कठिन समस्या टरेको छ ।

रुसले युक्रेनलाई आक्रमण गरे पछि पछिल्लो परिस्थितिमा नेटोमा प्रवेश गर्न चाहना राखेका स्वीडेन र फिनल्याण्डलाई टर्कीले सहयोग नगर्ने बताए पछि ठूलो समस्यामा परेको दुई देशलाई अन्ततगत्वा टर्कीले अनुमति दिए पछि दुवै राष्ट्रलाई हाई सन्चो भएको छ ।

टर्कीले मंगलबार स्विडेन र फिनल्याण्डलाई नेटोमा सामेल हुनको लागि आफ्नो विरोध हटाउन सहमत भएको छ ।

तीन देशका नेताहरूसँग तत्काल उच्चस्तरीय वार्तापछि गठबन्धनका महासचिव जेन्स स्टोल्टनबर्गले भने “हामीसँग अब फिनल्याण्ड र स्वीडेनलाई नेटोमा संलग्न हुन दिने सहमति भएको छ।” । साथै उनले यसलाई ‘ऐतिहासिक निर्णय’ भने ।

नेटो सन्धि अन्तर्गत, कुनै पनि सदस्यमाथि आक्रमण भएमा सबै विरुद्धको आक्रमण मानिनेछ र सम्पूर्ण गठबन्धनद्वारा सैन्य सहयोग गरिनेछ भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया