मदन बस्नेत, क्यानाडा। प्रवासी नेपाली मञ्च क्यानडाको तेस्रो राष्ट्रिय अधिवेशन यही आउँदो जुन २५ शनिवारका दिन नेपालीहरुको बाक्लो बस्ती रहेको टोरोन्टोको स्कारब्रो सहरमा हुने भएको छ।
अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्य रहने छ।
प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश थापा स्वयंले नै आगामी कार्यकालकोलागि अध्यक्षमा नदोहोरिने घोषणा समेत गरिसकेको हुनाले मञ्चको अबको नेतृत्वमा नयाँ अनुहार देखिने पक्कापक्की छ।
बिगत १० बर्षदेखि लगातार नेतृत्वमा रहेका थापा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको सदस्यमा पदोन्नति भईसकेका छ्न् र उनको स्थानमा हाल महासचिव रहेका बिश्वम्भर घिमिरे आउने अड्कलबाजी गरिएको छ।
मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी – नेकपाको बिभाजन र त्यसपछीको पुरानै पार्टी नेकपा एमाले समेत फुट र बिग्रहबाट गुज्रिएको अबस्थामा हुन गईरहेको मञ्चको महाधिवेशनलाई निकै चासो र महत्वले हेरिएको छ।
नयाँ नेतृत्व चयनलाई बिना बिबाद, स्वच्छ, निष्पक्ष्य, सहज र सरल ढंगले सम्पन्न गर्न एमालेका दशौँ महाधिवेशनका प्रतिनिधि रामहरि खड्काको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ। उक्त समितिले नै प्रवासी नेपाली मञ्च, क्यानडाको सर्वसम्मत नेतृत्व बन्द सत्रमा प्रस्तुत गर्ने बुझिएको छ।
– मदन बस्नेत, क्यानाडा।
प्रतिक्रिया