रूसले बन्दरगाहहरूको नाकाबन्दी जारी राख्यो भने “लाखौं मानिसहरू भोकै मर्न सक्छन्” : जेलेन्स्की

इनेप्लिज २०७९ जेठ २६ गते ११:२६ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनलाई आफ्नो बन्दरगाहबाट अन्न निर्यात गर्न अनुमति नदिए विश्वभरका लाखौं मानिस भोकै मर्ने चेतावनी दिएका छन् ।

“हामी हाम्रो गहुँ, मकै, तरकारी तेल र अन्य उत्पादनहरू निर्यात गर्न सक्दैनौं जसले विश्वव्यापी बजारमा स्थिर भूमिका खेलेको छ,” उनले उक्त सन्देश आफ्नो अङ्कियदृश्य(भिडियो)मार्फत दिएका हुन् ।

“यसको मतलब यो हो कि, दुर्भाग्यवश, दर्जनौं देशहरूले खाद्यान्नको भौतिक अभावको सामना गर्न सक्छन्। रुसले ब्ल्याक सी(कालो सागर) नाकाबन्दी जारी रह्यो भने लाखौं मानिस भोकै मर्न सक्छन्।

प्रतिक्रिया