सुशासन कायम गरि आर्थिक समस्या समाधान गर्नुपर्छ– राप्रपा नेपाल अध्यक्ष थापा

इनेप्लिज २०७९ जेठ २२ गते ०:१८ मा प्रकाशित

विराटनगर,२१ जेठ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा सुशासन कायम गरि आर्थिक समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ।

मुलुकका समसामयिक परिस्थिति र मुख्य चुनौतीहरुका वारेमा समाजका प्रवुद्ध वर्ग एवं वुद्धिजीवी तथा प्रदेश स्तरीय अगुवा कार्यकर्ताहरुको आज यहाँ आयोजित अन्तरक्रिया र भेलामा सो कुरा उहाँले बताउनु भएको हो ।

अध्यक्ष थापाले नेपालीहरुको परम्परा, धर्म, संस्कृतिलाईसंगै संरक्षण गर्नुका साथै सबै नेपाली वीच भाइचारा स्थापना गर्नु नै पार्टीको उद्देश्य रहेको विचार राख्नु भयो ।

उहाँले आफूलाई मुलुधारको ठूला पार्टीले सवैसत्तावादी सोचका कारण मुलुकमा भ्रष्टाचार वृद्धि भएको आरोप लगाउनु भयो ।

अध्यक्ष थापाले सम्पूर्ण कार्यकर्ताहरुले आफ्नो क्षेत्रमा संगठन निर्माणमा जुट्न आग्रह गर्दै आगामी प्रदेश र संसदीय निर्वाचनमा उम्मेदवारलाई अध्याधिक क्षेत्रमा विजयी तुल्याउन अहिलेदेखि खट्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा पार्टीका १४ जिल्लाका कार्यकर्ता एवं सुनसरी मोरब, झापाका प्रवुद्ध वर्ग एवं वुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया