अमेरिकाले उपलब्ध गराएको हतियार “रूसका सुविधाहरूमा आक्रमण गर्ने योजना नभएको जेलेन्स्कीका सल्लाहकारले बताएका छन।
युक्रेनले “रक्षात्मक युद्ध” गरिरहेको छ र अमेरिकाले उपलब्ध गराएको हतियारको “रूसका सुविधाहरूमा आक्रमण गर्ने योजना छैन”, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकारले शुक्रबार भने।
बुधवार एक विज्ञप्तिमा राष्ट्रपति जो बाइडेनले घोषणा गर्दै युक्रेनमा उन्नत प्रक्षेप्यास्त्र र अन्य प्रणालीका उपकरणहरु पठाउने घोषणा गरेका थिए ।
बाइडेनले स्पष्ट पार्दै अमेरिकाले दिएको हतियारहरु युक्रेनी सेनाले मात्र रक्षात्मक रूपमा र तिनीहरूको सिमाना भित्र प्रयोग गर्नु पर्छ भनि चेतावनि समेत दिएका थिए ।
“हामी नेटो र रुस बीचको युद्ध खोजिरहेका छैनौं … हामी युक्रेनलाई यसको सिमाना बाहिर प्रहार गर्न प्रोत्साहन व गर्दैनौं। हामी रूसलाई पीडा दिनको लागि युद्धलाई लम्ब्याउन चाहँदैनौं, “बाइडेनले मंगलबार न्यु योर्क टाइम्सलाई दिएको एक लेख मार्फत घोषणा गरेका छन।
प्रतिक्रिया