नेकां जनताको मतले पालिकामा पहिलो भएको हो– उपसभापति गुरुब

इनेप्लिज २०७९ जेठ १९ गते २२:४८ मा प्रकाशित

विराटनगर,१९ जेठ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुबले स्थानीय पालिकामा जनताले मत दिएको कारणले पार्टी पहिलो भएको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीले अध्याधिक स्थानमा विजयी हुनुमा जनताले माया गर्नु हो भने केही प्रतिशत मत गठबन्धनवाट समेत आएको प्रष्ट पार्नु भयो ।

उपसभापति गुरुबले पार्टीले जनप्रतिनिधिहरुलाई पालिकामा सुशासन स्थापित गर्न आवश्यक प्रशिक्षण दिनु पर्नेमा जोड दिनु भयो । उहाँले आफु विगतमा गठबन्धन विरोधी रहेपनि केन्द्रीय कार्य समितिको निर्णयलाई मानेको प्रष्ट पार्दै अव चाँडै निर्वाचन सम्वन्धित आवश्यक छलफल र समीक्षा हुने जानकारी दिनु भयो ।

एक प्रश्नको जवाफमा उहाँले कुन पार्टीका अध्यक्षले नेकां सम्वन्धि के कुरा भन्नु भयो त्यसको जवाफ दिनु पर्ने अहिले आवश्यक्त्ता नरहेको बताउनु भयो ।
उपसभापति गुरुबले अहिलेनै कपि कलम बोकेर प्रदेश र संसद निर्वाचनका लागि गठबन्धनका सिट छुट्याउनका लागि खाका कोर्नु आवश्यक नरहेको चर्चा गर्दै पार्टीको मुख्य एजेण्डा भनेको नेकांलाई आगामी दिनमा कसरी अगाडि वढाउनेतर्फ ध्यान दिनु आवश्यकरहेको बताउनु भयो ।

प्रतिक्रिया