जेलेन्स्कीद्वारा रुस विरुद्ध प्रतिबन्धको छैटौं अनुमोदन गर्न युरोपेली संघलाई आह्वान

इनेप्लिज २०७९ जेठ १६ गते १९:२९ मा प्रकाशित

 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोपेली संघलाई आन्तरिक विवादलाई पन्छाएर रुसविरुद्धको प्रस्तावित प्रतिबन्धको छैटौं संपुष्टि(प्याकेज)लाई अनुमोदन गर्ने योजनालाई अगाडि बढाउन आग्रह गरेका छन्।

सोमबार ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनमा भाग लिइरहेका युरोपेली संघनेताहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणको सामनामा एकताको भावना कायम राख्न गुटलाई आह्वान गरे।

उनले अङ्कियदृश्य (भिडियो लिङ्क) मार्फत शिखर सम्मेलनमा भने, “यो समय तपाईहरू अलग नभई एकजुट बन्ने समय हो। सबैजना एकजुट हुनुको कारण युक्रेनले देखाएको छ। हामी सबै एउटै उद्देश्यका लागि काम गरिरहेका छौं,” उनले सम्बोधनमा भने।

“तपाईहरुले आक्रमणकारीहरूलाई रोक्न व्यवस्थित गर्नु भएको छ र थप एकता सफलताको आधार हो। युरोपेली संघ भित्रका सबै विवादहरू रोकिनुपर्छ ,” जेलेन्स्कीले इयु नेताहरूलाई आग्रह गरे।

जेलेन्स्कीले जोड दिदै भने उनी “छैटौं स्वीकृति संपुष्टिलाई अगाडि बढाउने प्रयासहरूका लागि “कृतज्ञ” रहेको र गुटले प्रतिबन्धहरू अनुमोदन गर्ने योजनाहरू अगाडि बढाउनुपर्छ।

“दुर्भाग्यवश केही कारणले यो अझै पनि ठाउँमा छैन। केहि कारणले तपाईहरु रूसी दबाबमा निर्भर हुनुहुन्छ। यो उल्टो हुनुपर्छ। रूस तपाईहरुमा निर्भर हुनुपर्छ। किन रुस अझै पनि प्रति दिन १ बिलियन डलर कमाउन सक्षम छ ? तेल भन्दै उनले ईयू नेताहरूलाई प्रश्न राख्ने । अर्थात् अझ पनि युरोपेली देशहरुले रुस संग तेल किनी रहेको स्मरण गराए ।

“तेल प्रतिबन्ध हुनुपर्छ ताकि रूसले आफ्नो कार्यको महत्व बुझोस्,” जेलेन्स्कीले भने ।

प्रतिक्रिया