भेलु बाजे र मेरी बुढी माउँ !

रामप्रसाद खनाल २०७९ जेठ १४ गते ११:०० मा प्रकाशित
जमाना छन् आजकल भेलु बाजेका
जे गाए पनि हुने
जसो गरी गाए पनि हुने
बेस्सरी चिच्याए पनि हुने
मुख छोडे पनि हुने
मैयाहरुसँग गाला जोडे पनि हुने
सबै देखिन्छन् तिनकै पछाडि
दोहोरीमा भेलु बाजे
फोहोरीमा भेलु बाजे
युट्युबरहरुलाई भ्याइ नभ्याई
अन्तर्वार्ता लिन उनको
रेकर्डिङ स्टुडियोहरु पर्खिरहेछन
भेलु बाजेका गीत रेकर्डिङ गर्न !
भेलु बाजेका सङ्गीतकार कति कति
फेसबुक लाइभ चलेकै छन्
यी सबै सबै चाल चलन र चर्तिकला देखेर
मेरी बुढी जिस्क्याउँछिन् मलाई
ए बुढा खोइ अब के गरी खान्छौ र !
भेलुले झैँ गीत गाउन जान्छौ र ??
– रामप्रसाद खनाल, May 26, 2022

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया