युक्रेनमा कथित रुसी युद्ध अपराधको अभियोगमा दण्डहीनताको लागि कुनै ठाउँ छैन : फिनल्याण्डका प्रधानमन्त्री

इनेप्लिज २०७९ जेठ १३ गते १:४९ मा प्रकाशित

युक्रेनमा कथित रुसी युद्ध अपराधको अभियोगमा दण्डहीनताको लागि कुनै ठाउँ छैन ,फिनल्याण्डका प्रधानमन्त्रीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तामा भनिन ।

फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिनले बिहीबार कीभको साथै इरपिन र बुचा शहरहरूको भ्रमण गरिन । र स्थानीय बासिन्दाहरू र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरिन ।

उनले युक्रेनका लागि थप सहयोगका लागि हतियार आपूर्तिमा वृद्धि सहित योजना घोषणा गरिन्।

रूसी सैनिकहरूले गरेको कथित अत्याचारको बारेमा साक्षीहरूका सुनेपछि मारिनले जोड दिदै भनिन, फिनल्याण्डले युक्रेन र अन्तर्राष्ट्रिय फौजदारी अदालतले अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन समर्थन गर्दछ, र त्यहाँ “दण्डहीनताको लागि कुनै ठाउँ हुनेछैन।”

भ्रमणका क्रममा मारिनले युक्रेनमा रुसको कारबाहीलाई “संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको घोर उल्लङ्घन” भन्दै कडा निन्दा गरे।

“रूसको आक्रमणको सामना गर्दा युरोपेली संघ एकजुट, साहसी र दृढताका लागि महत्त्वपूर्ण छ,” मारिनले जोड दिईन । “युक्रेनलाई युरोपेली संघ सदस्य राष्ट्र बन्नको लागि ठोस कदमहरू सिर्जना गर्नु महत्त्वपूर्ण छ।”उनले भनिन ।

प्रतिक्रिया