विराटनगर,३१ वैशाख।स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहान देखि शुरु गरिएको छ बटा वडाहरुको मतगणनाको साँझ ५ बजे गरिएको पहिलो प्रारम्भिक मत सार्वजनिक गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ।
मुख्य निर्वाचन कार्यालय,मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा एक हजार ८२ मत मतगणना गर्दा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ४१९,नेकपा एमालेका सागर थापाले २९६ , राप्रपाका प्रल्हादप्रसाद साहले ७५ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले १११ मत प्राप्त गर्नु भएको छ।
यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले ३४५,गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका अमरेन्द्र यादवले १९८,राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले ९२,स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल(लाल्टिन)ले ६१ मत प्राप्त गर्नु भएको छ।
कार्यालयले अर्को मतगणनाको सार्वजनिक सूचना साँझ ७ बजे गर्ने जनाएको छ।
प्रतिक्रिया