लहान, १३ साउन । जिल्ला वन कार्यालय सिरहाले किसानलाई विभिन्न जातको बिरुवा निःशुल्क वितरण गर्न सुरु गरेको छ ।
जिल्लाको विभिन्न १२ वटा नर्सरीबाट उत्पादन भएको मसला, खयर, गमहैयर, शिरिश, सिसौ लगायतका जातको बिरुवा वितरण गर्न सुरु गरेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ ।
वृक्षरोपणलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्ला वन कार्यालय, इलाका वन कार्यालय तथा विभिन्न संसदीय निर्वाचन क्षेत्रमा डिपोमार्फत किसानलाई बिरुवा वितरण सुरु गरेको जिल्ला वन कार्यालय सिरहाका प्रमुख नरेश ठाकुरले जानकारी दिनुभयो ।
जिल्लाका किसानलाई करिब आठ लाखभन्दा बढी बिरुवा वितरण गर्ने लक्ष्य रहेको प्रमुख ठाकुरले बताउनुभयो ।
प्रतिक्रिया