विराटनगर,२३ वैशाख।मोरङको वुढीगंगा गाउँपालिकाका नेकपा एमालेका अध्यक्षका उम्मेदवार बलभद्र सरदार थारुले निर्यातमूलक उद्योगलाई अनुदानको व्यवस्था गर्ने बताउनु भएको छ।
उहाँले आज मोरङको निमुवामा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रतिवद्धता सार्वजनिक गर्दै यस क्षेत्रमा रहेका रोजगारीमूलक उद्योगहरुलाई विशेष सहुलियत र करमा समेत छुट दिने जानकारी दिनु भयो।
सार्वजनिक ३३ बुंदे प्रतिवद्धतामा पत्र अनुसार पालिकामा थारु संग्राहलय,होम स्टे निर्माण गर्ने,महिलालाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ।
उहाँले स्वास्थ्यमा जनताको पहुँच,रोजगार सिर्जना गर्ने तथा घरनक्सा पासमा आवश्यक अनुगमन गरि व्यवस्थिति वसोबासको चाँजोपाँजो मिलाउने र वुढीनदीको कारण जोखिममा परेका वस्तिलाई जोगाउन नदीमा तटवन्धन निर्माण कार्यक्रम ल्याउने जानकारी दिनु भयो।
सोही अवसरमा उपाध्यक्षका प्रत्यासी उम्मेदवार तुलसी कुंवर विष्टले शिक्षकलाई मासिक रुपमा तलव भुक्तानीको व्यवस्था गर्ने,जनप्रतिनिधिले जनताको गुनासो सुन्ने व्यवस्था गर्ने र पालिकाका सार्वजनिक वडापत्र जारी गर्ने प्रतिवद्धतामा व्यक्त्त गर्नु भयो।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सत्यनारायण चौधरी र सात वटै वडाका अध्यक्षका उम्मेदवारहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया