केशव दाहालको स्वर र अर्जुन दाहालको शब्दमा भ्रष्टचारी भाषण ठोक्दै गीत सार्वजनिक

इनेप्लिज २०७९ वैशाख १८ गते ०:०५ मा प्रकाशित

नेपाल जस्तो बिकास उन्मुख देशको पहिलो समस्या भनेकै भ्रष्टाचार हो भन्दा फरक पर्दैन । तल्लो तह देखि माथिल्लो तह सम्म सेटिङ्ग मिलाई मिलाई भ्रस्टाचार हुने गरेको छ । त्यो सबैलाई थाहा छ तर पनि रोकिने वाला छैन । रोकिने कुरा त हैन झन मौलाएको अन्तर्राष्ट्रिय बिभिन्न सुचान्कले देखाउने गरेको छ । त्यस्को मूल कारण सही सुचनाको अभाव , गरिवी र अशिक्षा हो भन्ने लाग्दछ ।

नेताहरु खुलम्खुल्ला भ्रष्टाचार गर्छन । त्यस्ता नेतालाई दण्डित गर्नुको साटो आख्तियार र अन्य न्यायालयले छुट दिने वा देखेको नदेखेकै गर्ने नेपालको प्रबृती अब नौलो रहेन । भ्रष्टाचार प्रमाणित नै भए पनि फेरि जनता बीच लज्जित हुनुको साटो फुलमालाले स्वागत गरिन्छ । सर्बसाधरणहरुले भ्रष्टाचारबाट निर्मित समस्या नबुझेका हुन वा भ्रस्टाचारी कै जालमा फसेका हुन ,अहँ भन्न सकिएन ।

अमेरिकाबाट सन्चालित नुन चिनी पानीका साथीहरुले बिभिन्न समयमा यस्ता समाग्री बनाउने र पस्कने गरेका छन । नेपालमा चुनावको माहोल लागिरहदा जनतालाई सु सुचित गर्ने जोम्मेवारी बहन गदै एउटा महत्वपूर्ण गित “नुन चिनी पानी” ले बाहिर ल्याएको छ । गायिका पुस्तका खड्का, गायक केशब दाहालले गाउनु भएको सो गितको समय अभावका कारण उत्कृष्ट भिडियो बनाउन भने सकिएको छैन । संधै खरो ब्यङ्गमा उत्रने नुन चिनी पानीका परिकल्पनाकार अर्जुन दाहालले शब्द भरेका छन भने मिक्सिङको काम चन्दु गोर्खालीले गरेका छन ।

अरुण उपत्यका जस्तो सर्बाधिक मन पाराइएको साङितिक समुह कि मुख्य कलाकार पुस्तका खड्का ,यो भन्दा अघी पनि थुप्रै गित बाहिर ल्याइसकेका गायक केशब दाहालले यो भ्रष्टाचार बिरुद्धको जागरण गितलाई मिठासपूर्ण तरिकाले गायका छन । संगीत उनै केशब दाहालको रहेको छ ।

नुन चिनी पानी अमेरिका समुहले यो गित मार्फत केही न केही मात्र भए पनि भ्रष्टाचार बिरुद्धको अभियानमा इट्टा थप्ने काम गरेको धेरैको प्रतिकृया आएको छ । हो, साच्ची कै भ्रस्टाचार बिरुद्ध निरन्तर खबार्दारीको जरुरी देखिएको छ ।

 

प्रतिक्रिया