महानगरका उपप्रमुख सहित चार जना उम्मेदवार विरुद्ध उजुरी

इनेप्लिज २०७९ वैशाख १४ गते २२:३९ मा प्रकाशित

विराटनगर,१४ वैशाख।मुख्य निर्वाचन कार्यालय विराटनगरमा महानगरका चार उम्मेदवार विरुद्ध उजुरी परेको छ।

यसरी उजुरी पर्ने उम्मेदवारहरुमा नेकपा एमालेका महानगर उपप्रमुख उम्मेदवार शिल्पा निराला कार्की,वडा नं ८ नेकांबाट दलित महिला सदस्य ससिता सहनी, वडा नं १३ नेकपा एमाले महिला सदस्य गौरी देव र वडा न ८ जनमत पार्टीबाट महिला सदस्य गिता मुखिया रहेको कार्यालयका सुचना अधिकारी हेमबहादुर वुढाथोकीले जानकारी दिनु भयो।

उजुरी परेका मध्ये तीन जनाले सफाई सम्वन्धी कागजात पेश गर्नु भएको छ भने उपप्रमुख उम्मेदवार कार्कीले आज साँझ ४ बजेसम्म सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।कार्यालयले आज र भोली मनोनयन पत्र जाँच र उजुरी जाँचवुझ गरि निर्णय गर्ने छ।

यसैगरी कार्यालयले आज उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ भने भोलि ५ बजे स्विकृत नामावली प्रकाशन गर्ने सूचना अधिकारी वुढाथोकीले बताउनु भयो।वैशाख १६ गते उम्मेदवारहरुले नाम फिर्ता लिने र साँझ ५ बजेदेखि ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया