बेलायतले युक्रेनमा युद्धविमान पठाउन सहयोगीहरूलाई आग्रह गरेको छ । बेलायती विदेश सचिव लिज ट्रसले युक्रेनलाई युद्धविमान र अन्य भारी हतियारहरू आपूर्ति गर्न पश्चिमी सहयोगीहरूलाई आग्रह गर्ने भएकी छिन ।
बेलायतको विदेश कार्यालयबाट मंगलबार प्रकाशित एक समाचार विज्ञप्ति अनुसार उनले बिहीबार लन्डनको म्याडिसन भवनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको सिएनएनले समाचारमा जनाएको छ ।
बिज्ञप्तिमा “हामी स्पष्ट होऔं – यदि पुटिन सफल भए युरोपभरि थप पीडा र विश्वभरि भयानक परिणामहरू हुनेछन्। हामी फेरि कहिल्यै सुरक्षित महसुस गर्ने छैनौं। त्यसैले हामी लामो दुरीका लागि तयार हुनुपर्छ र युक्रेनको लागि हाम्रो समर्थन दोब्बर वृद्धि गर्नु पर्छ।”
“भारी हतियार, बख्तरबन्द ,हवाइजहाज लगायत अन्य उपकरणको सहयोग उनले भन्ने अपेक्षा गरिएको छ ।
“शान्ति र समृद्धिको प्रत्याभूति गर्न ढाचा गरिएको विश्वव्यापी सुरक्षा संरचना युक्रेन असफल भएको छ” र “नयाँ दृष्टिकोण” आवश्यक छ, ट्रसले भनेकी छिन ।
जर्मनीले थप उपकरण आपूर्ति गर्ने छ भने क्यानडा र बेलायतले पनि मंगलबार थप भारी हतियार आपूर्ति गर्ने घोषणा गरेका छन्।
प्रतिक्रिया