जेलेन्स्की: नागरिकको मृत्यु र मेरिउपोल आक्रमणले रूससँग वार्ता गर्न असम्भव

इनेप्लिज २०७९ वैशाख ४ गते १२:१० मा प्रकाशित

युक्रेनको मेरिउपोल शहरमा रूसको अथक आक्रमण र नागरिकहरू विरुद्ध थप रूसी अपराधहरूको सम्भावित खोजले थप कूटनीतिक वार्तालाई असम्भव बनाउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शनिबार भने।

“मेरिउपोलमा हाम्रा सबै मानिसहरूको विनाश भएको छ । तपाईहरु अहिले के गरिरहेको हुनु हुन्छ । जसको कारण वार्ता हुने कुनै छाटकाट देख्दिन र यसले वार्ता अन्त्य गर्न सक्छ,” उनले थपे ।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्न खुला रहेको बताए । तर रूसले आफ्नो युद्धलाई निरन्तरता दिएमा यो सम्भावना कम हुँदै गइरहेको छ। यदि अधिक रुपमा रूसी युद्ध अपराध बढ्दै गएमा “वार्ता हुने कुनै सम्भावना छैन,” जेलेन्स्कीले भने।

“रूस जति अगाडी बढ्छ, वार्ता गर्ने सम्भावना कम हुन्छ।” भन्ने युक्रेनका राष्ट्रपतिको शीर्षकमा उक्त कुरा लेखिएको छ ।

प्रतिक्रिया