रुसले पूर्वी युक्रेनमा आक्रमण बढाउन बेलारुसबाट उपकरण पठाउँदै गरेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । आइतवारको आफ्नो पछिल्लो गुप्तचर अध्यावधिकमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा रूसी सेनाले आफ्नो सहयोगी बेलारुसद्वारा प्रदान गरिएको आपूर्तिलाई देशको पूर्वी क्षेत्रतर्फ निर्देशित गरिरहेको र जहाँ आक्रमणहरू तीव्र भइरहेको जनाएको छ ।
रूसी सेनाले बेलारुसबाट पूर्वी युक्रेनतर्फ लडाई र समर्थन उपकरणहरू पुन: तैनाथ गर्न जारी राखेको छ। यसमा खार्किभ र सेभरडोनेत्स्क नजिकका स्थानहरू रहेका छन्, गुप्तचर प्रतिवेदनमा उल्लेख छ ।
रूसी तोपखानाले देशको पूर्वमा युक्रेनी स्थानहरूमा प्रहार गर्न जारी राखेको छ जहाँ रुसले आफ्नो आक्रामक गतिविधिलाई नवीकरण गर्ने योजना बनाएको छ।
यद्यपि रुसको परिचालन केन्द्र पूर्वी युक्रेनमा सरेको छ । तथापी रुसको अन्तिम उद्देश्य भने उस्तै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले युक्रेनलाई युरोप संगको सम्बन्ध विस्तार र संगठनमा जोडिने प्रयासलाई त्याग्न गर्न र आफ्नै क्षेत्रीय प्रभुत्वमा पर्न बाध्य पार्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया