युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार दक्षिण कोरियाको संसदमा सम्बोधन गर्दै रुसको विरुद्धमा आफ्नो देशको रक्षालाई सहयोग गर्न हतियारहरू मागेका छन् ।
यद्यपि दक्षिण कोरियाको रक्षा मन्त्रालयले यस अनुरोधलाई पहिले नै अस्वीकार गरेको छ।
“युक्रेनलाई आफ्नो सेनाको लागि विमान र युद्ध बख्तरबन्द (ट्याङ्क)हरू सहितको समर्थन चाहिन्छ,” जेलेन्स्कीले सांसदहरूलाई भने
“दक्षिण कोरियाले युक्रेनलाई मद्दत गर्न सक्छ। दक्षिण कोरियासँग रूसी बख्तरबन्द (ट्याङ्क), जहाज र क्षेप्यास्त्रहरू विरुद्ध रक्षा गर्न सक्ने विभिन्न प्रतिरक्षा प्रणालीहरू छन्। यदि दक्षिण कोरियाले हामीलाई रूससँग लड्न मद्दत गर्न सक्छ भने हामी आभारी हुनेछौं।
यदि युक्रेनसँग यी हतियारहरू भएका भए आम मानिसको जीवन मात्र बचाउने हैन की तिनीहरुले युक्रेनलाई बचाउनेछन ,उनले थपे ।
यसअघि सोमबार दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता बू सेउङ-चानले भने मन्त्रालयले युक्रेनले आकाशमा मार हान्ने हतियार प्रणालीको अनुरोधलाई अस्वीकार गरेको छ । उनीहरूले आफ्नो “राष्ट्रिय सुरक्षा अवस्था र सैन्य तयारी स्थिति” लाई ध्यानमा राखेर घातक हतियार उपलब्ध गराउन सक्दैनन भनि स्पष्ट उत्तर दिएका छन् ।
सियोलले घातक हतियार प्रदान गर्दैन वा युक्रेनलाई सहयोग गर्न आफ्नो सेना तैनाथ गर्दैन भनेको छ ।
गत महिना कोरियाले त्रिपाल, कम्बल,तैयारी खानेकुरा,प्राथमिक उपचार उपकरणहरू र औषधिहरू सहित ८००,००० लाख डलर बराबरको गैर-घातक सैन्य आपूर्तिहरू उपलब्ध गराएको थियो।
सोमबार, जेलेन्स्कीले पुन: सियोलको समर्थनको लागि अपील गरेका छन् ।
प्रतिक्रिया