रुसी आक्रमणबाट युक्रेनको निप्रो विमानस्थल ध्वस्त

इनेप्लिज २०७८ चैत २७ गते १४:२७ मा प्रकाशित

रुसी आक्रमणबाट युक्रेनको निप्रो विमानस्थल ध्वस्त भएको क्षेत्रीय सैन्य गभर्नरले बताएका छन ।

निप्रोपेट्रोव्स्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले पूर्वी-मध्य युक्रेनी शहर निप्रोमा रहेको विमानस्थल रुसी हमलामा ध्वस्त भएको बताए ।

“र निप्रोको विमानस्थलमा अर्को आक्रमण,” उनले भने। उनले थप्दै भने “त्यहाँ पहिले नै केही बाँकी रहेको थिएन । विमानस्थल र वरपरका पूर्वाधारहरू ध्वस्त भइसकेका छन्। तर प्रक्षेप्यास्त्रहरू उडिरहेका छन्।”

रेज्निचेन्कोले हताहतको बारेमा जानकारी स्पष्ट भइरहेको बताए।

यसअघि रुसी सेनाले विमानस्थलमा आक्रमण गरेको थियो । रेज्निचेन्कोका अनुसार मार्च १५ मा रुसी क्षेप्याश्त्र आक्रमणले धावनमार्ग प्रयोगविहीन बनाएको र टर्मिनल (अन्तिम चौकी )भवनमा क्षति पुगेको बताए।

युक्रेनी सांसद लेसिया भासिलेन्कोले ट्वीटरमा भनेकी छिन् कि पछिल्लो आक्रमणले “कुनै पनि पूर्वाधार छोडेको छैन र विमानस्थल वरपरका सबै चीजहरू ध्वस्त पारेको छ। गत वर्ष भर्खरै विमानस्थल पूर्ण रूपमा मर्मत गरिएको जस्तो लाजमर्दो कुरा हो। सबै लगानी र सबै प्रयासहरू पूर्ण रूपमा बर्बाद भयो।”

प्रतिक्रिया