विराटनगर २७ चैत्र।नेपाल तरुणदल क्षेत्र नं.४ मोरङको क्षेत्रीय भेला आज विराटनगरमा सम्पन्न भएको छ।गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्न र सवैको अस्थित्व स्विकार गरेर अगाडी बढ्न आबश्यक रहेको औल्याउनु भयो।
उहाँले साना अन्तरद्धन्द्धमै अल्झिदा नेतृत्व विकास पनि कमजोर हुनुका साथै पार्टीको अस्थित्व समेत खतरामा पर्न सक्नेतर्फ सचेत बन्नुपर्ने धारणा राख्नु भयो।
नेता अर्यालले निर्वाचनको समय नजिकिदै जाँदा एकताबद्ध रहन र एक अर्काको अस्थित्व स्विकारेर मेलमिलापका साथ अगाडी बढ्न आग्रह गर्नु भयो।
अर्का केन्द्रीय सदस्य भीम पराजुलीले आसन्न स्थानीय चुनावमा आपसी सद्भाव कायम गर्दै अगाडी बढ्नुको विकल्प नभएको बताउनु भयो।
आफ्नो क्षेत्रतर्फ इंगित गर्दै पराजुलीले पार्टीमा कही कतै निषेधको राजनीति मौलाउदै गएको भन्दै तिक्तता सिर्जना गर्ने काम नगर्न सबैसँग आग्रह गर्नु भयो।
विराटनगरक महानगरपालिकाका प्रमुख समेत रहनु भएको पराजुलीले विगतको सरकारले महानगरको काम गरिरहँदा विभिन्न व्यवधान खडा गरेर जनताको विकास र अधिकार कुन्ठित गरेको आरोप लगाउनु भयो।
युवा नेता तथा महाधिवेशन प्रतिनिधी दीलिप गच्छदारले नेतृत्वले कार्यकर्तामाथी अति राजनीति नगर्न आग्रह गरे।हामी सवै राजनीतिनै गर्ननै आएका हौ तर आफ्ना कार्यकर्तामा मार्थी भने राजनीति नगरौ।लोकतान्त्रीक विधि र पार्टीभित्र सभासमारोह गर्न र बोल्न पाइन्छ गच्छदारले भने।
तरुणदल क्षेत्र नं.४ का सभापति सन्जय थापा (प्रभाकर)को अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु दिलीप गच्छदार,केशरवहादुर बस्नेत,शुची चौधरी,भुटनीदेवी खवास,प्रदेश सदस्य दिननाथ आचार्य,प्रेस युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौला लगायतले निर्वाचनमा नेकां विजयी बनाउन सबै एकसाथ हिड्नु पर्नेमा जोड दिनु भयो।
प्रतिक्रिया