विराटनगर२७ चैत।मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नु पर्ने बताउनु भएको छ।
मोरङ व्यापार सङ्घद्वारा यही चैत १८ गतेदेखि विराटनगरमा सञ्चालित ‘विराट ट्रेड एक्स्पो’को आज समापनका अवसरमा उहाँले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीति नियम एवं कानून निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।मुख्य मन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरु लाग्नु पर्नेमा जोड दिदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको विचार राख्नु भयो।
उहाँले सङ्घीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका लागि वजेट निकासा गर्ने साथ प्रदेश सरकारले आफ्नो कार्य शुरु गर्ने जानकारी दिनु भयो।मुख्यमन्त्री राईले उद्योगी व्यापारीको चाहना अनुसार यस क्षेत्रका लागि आवश्यक पर्ने प्रदर्शनी स्थलका निर्माणका लागि सबै पक्षवीच आवश्यक छलफल शुरु गर्ने जानकारी दिनु भयो।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तीन तहको सरकारको सहयोगमा विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिनु भयो।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मतकुमार कार्की ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्मुत अर्याल र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले एक्स्पोले यस क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुर्याएको बताउनु भयो।सङ्घका अध्यक्ष नविन रिजाल,उद्योग संङ्घठन मोरङका अध्यक्ष सुयश प्याकुरेल,नेपाल उद्योग परिसङ्घका भीम घिमिरे,सङ्घका पूर्व अध्यक्ष ताराचन्द खेतान र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले विराटनगरलाई पुनः दोश्रो ठूलो बनाउन सबैले आफ्नो क्षेत्रबाट भमिका खेल्नु पर्ने आवश्यक्ता औंल्याउनु भयो।
एक्स्पोमा तीन सय स्टलमा स्वदेशी र भारत, वंगलादेश, पाकिस्तानका कृषि,घरेलु उत्पादन, खाद्य, लत्ताकपडा,साना र ठूलो उद्योगका उत्पादितन वस्तुहरु बिक्री वितरणका लागि राखिएको थियो।एक्स्पोमा प्रदेश नं १,मधेश प्रदेश र छिमेकी भारतीय सहरका तीन लाख ५० हजार दर्शकहरुले अवलोकन गर्नुका साथै रु ४५ करोडको कारोवार भएको एक्स्पो संयोजक विकास वेगवानीले जानकारी दिनुभयो।
सो अवसरमा उद्घोष दैनिक, सृष्टि दैनिक र आर्थिक अभियानका सञ्चारकर्मी, उत्कृष्ट स्टल,एवं एक्स्पो निर्माण एवं सञ्चालनमा सहयोग पुर्याउनेलाई सम्मान गरियो।
प्रतिक्रिया