गभर्नर महाप्रसाद अधिकारीको कारणले मुलुकको अर्थतन्त्र ध्वस्त र शेयर बजार ओरालो लागेको भन्ने बुझाई सरासर बेठीक र गलत हो।अर्थमन्त्री अर्थ सम्बन्धि विज्ञ र अर्थमा जानकार हुनुपर्ने हुन्छ।बन्दुक बोक्नेलाई अर्थमन्त्री बनाएपछि मुलुकको अर्थतन्त्र ध्वस्त हुनु र शेयरबजार ओरालो लाग्नु स्वभाविक हो।गर्भनरलाई निलम्बित गर्नुको कारण के हो भने गभर्नरले केही वस्तुहरुको आयातमा कडाई गरेकोले निलम्बित गरेको हो मेरो बुझाई रहेको छ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्रीलाई २०७९ असार मसान्तसम्मका लागि गाडी र मोटरसाईकल जस्ता कुराहरुको आयातमा प्रतिबन्ध लगाउन पर्ने सहितकमा १५ बुँदे सुझाव नै दिएका थिए।
यसअघि पनि राष्ट्र बैंकले करिब १४०० हारहारीका बस्तुको आयातलाई निरुत्साहित गर्न आयातकर्ताले सामान्य अवस्थामा भन्दा बढि रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो।पुस पहिलो सातादेखि नै आयातमा कडाई गर्ने निती लिइएको भएतापनि त्यसको प्रभाव अपेक्षाकृत ढंगले नभएपछि राष्ट्र बैंकले थप कडाईको निती लिएको थियो।
यी हुन् राष्ट्र बैंकले आयातमा थप कडाई गरेका वस्तुहरुः
१) खाद्य सामाग्री:
यसमा धान चामलदेखि चकलेटसम्म पर्दछन्।पछिल्लो समय मसिनो चामलको आयातमा बृद्धि भएपछि यसलाई नियन्त्रण गर्न खोजिएको हो।यससँगै माछा, मदिरा,चिप्स,दुग्धजन्य पदार्थ,अण्डा तरकारी तथा गेडागुडी,चिया,कफिजस्ता बस्तुहरुको आयातमा कडाइ गरिने।
२) लत्ताकपडाः
रेडिमेड कपडाको आयातमा बर्षेनि धेरै रकम बाहिरिएपछि राष्ट्र बैंकले लत्ताकपडाको आयातलाई रोक्ने निती लिएको हो।रेडिमेड कपडामात्र नभएर धागो, जुत्ता, चप्पल, छाता र तन्ना जस्ता कुराहरु पनि अब ल्याउन नपाइने।
३) सवारी साधनः
गाडीको आयातमा यसअघि नै कडाइ गरेको थियो । आयातमा मार्जिनको व्यबस्था गर्दासमेत आयातलाई नियन्त्रण गर्न नसकेपछि यसलाई रोक्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो।चालु आर्थिक वर्षको आठ महिनासम्ममा ७५ अर्ब रुपैयाँ बराबरको सवारी साधान र तिनका पार्टसहरु आयात भएको देखिन्छ जुन गत बर्षको तुलनामा २१ प्रतिशतले बढी हो।
कडाइ गर्दा समेत आयातमा २१ प्रतिशले बृद्धि भएपनि अहिले राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मका लागि गाडी र मोटरसाइकलको आयातमा पूर्ण प्रतिबन्ध लगाउन सुझाव दिएको थियो।
४) गरगहनाः
राष्ट्र बैंकले गरगहनाको आयातमा पनि कडाई गर्न भनेको छ।सुन चाँदीको आयातलाई निरुत्साहित गर्ने उद्देश्यले पुस पहिलो सातादेखि नै यस्ता वस्तुको आयातमा १०० प्रतिशत मार्जिनको व्यवस्था गरिएको थियो यसरी पनि आयात नघटेपछि यसलाई रोक्ने निर्णयमा पुगिएको हो । यो आर्थिक बर्षको ८ महिनाको अवधिमा नेपालमा २८ अर्ब १७ करोडको सून र १२ अर्ब ८० करोड रुपैयाँ बराबरको चाँदी आयात भइसकेको छ।
५) सौन्दर्यका सामाग्रीहरुः
राष्ट्र बैंकले परफ्युम,कस्मेटिक्स सामानहरु,दाँतमा लगाउने तार,लुगा धुने पाउडर,साबुन,मोती बहुमूल्य ढुंगा लगायतका विभिन्न सौन्दर्य साधानहरुको आयातलाई नियन्त्रण गरिने।
६) निर्माण सामाग्रीः
फर्निचर लगायतका विभिन्न काठका बस्तुहरु,सजावटका सामाग्रिहरु,मार्बल,सिमेन्ट,सेरामिकका सामान,ढुंगाको सिमेन्ट लगायकतका निर्माण सामाग्रि पनि आयात गर्न नपाइने।
७) अन्य वस्तुहरुः
चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको तथ्याङ्कले देखाँउछ।अब मोबाइल,खेलौना,खेलकुदका सामाग्री,चुरोट, सुर्तीजन्य वस्तु,घडी,प्लाष्टिक र प्लाष्टिक जन्य अन्य बस्तुहरु पनि अब मनलाग्दी रुपमा आयात गर्न नपाईने।
सबै कमिसनको खेल हो।वस्तुहरुको आयातमा गभर्नरले थप कडाइ गरेकोले कमिसन खान नपाईने भएकोले नै गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बित गरेको हो।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।मोबाइल नम्बर ९८४८०५५७७६।
प्रतिक्रिया