बुचा सामूहिक हत्याको निन्दा गर्दै पोपले युक्रेनी झण्डा बोके

इनेप्लिज २०७८ चैत २३ गते ११:१९ मा प्रकाशित

बुचा सामूहिक हत्याको निन्दा गर्दै पोपले युक्रेनी झण्डा बोकेका छन् । धर्मगुरु पोप फ्रान्सिसले रुसी सेनाद्वारा युक्रेनको उपनगरमा बुचामा सर्वसाधारणको हत्याको निन्दा गरेका छन् र युक्रेनमा युद्ध अन्त्य गर्न आफ्नो आह्वान पुन दोहोर्याएका छन् ।

भ्याटिकनमा बुधवार आम दर्शकहरूलाई सम्बोधन गर्दै पोपले बुचामा देखिएका “अत्याचार” को अन्त्य गर्न अपील गरे । जहाँ नागरिकहरूको शव सडकहरूमा यत्र तत्र अवस्थामा छरिएको थियो।

“सर्व साधारण ,महिला र बालबालिकामाथि पनि अझ भयानक क्रूरताहरू भइरहेका छन्। तिनीहरू पीडितहरू हुन् जसको निर्दोष रगत स्वर्गमा रुन्छ “उनले भने।

रुसले कथित अत्याचारलाई बारम्बार अस्वीकार गर्दै आएको छ । मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषदमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आरोपको जवाफ दिँदै, संयुक्त राष्ट्रका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रूसी सेना विरुद्धको दावीलाई “निराधार” भने।

प्रतिक्रिया