विराटनगर,२१ चैत जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले आसन्न निर्वाचन भयरहित वातावरण सम्पन्न गर्नु प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखको रुपमा आजदेखि कार्यशुभारम्भ गर्नु भएको कोइरालाले आज कार्यालयमा आयोजित पत्रकारसंग परिचय एवं अन्तरक्रिया कार्यक्रममा निश्पक्ष,स्वतन्त्र र शान्तिपूर्ण बातावारणमा निर्वाचन सम्पन्न गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
उहाँले निर्वाचनमा मतदातालाई शान्तिपूर्ण ढङ्गगले मतदान पाउने अधिकारको पूर्ण सुरक्षाको ग्यारेण्टीको अनुभूति गराउने बताउनु भयो।
प्रमुख कोइरालाले प्रहरी ऐन , नियम र कानून अनुसार कार्य गर्ने धारणा राख्दै तस्करी नियन्त्रण,शान्तिसुरक्षा,सडक दुर्घटना नियन्त्रणका लागि नगरवासी एवं सञ्चारकर्मीहरुको सुझाव र सल्लाह ग्रहण गर्ने विश्वास दिलाउनु भयो।
कार्यक्रममा राष्ट्रिय,अन्तर्राष्ट्रिय,स्थानीय सञ्चारगृहमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया