युक्रेनले रुसको ‘युद्ध अपराध’को अनुसन्धान गर्न आग्रह गरेको छ ।
युक्रेनका विदेश मामिला मन्त्री डिमिट्रो कुलेबाले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई रुसीहरूले युद्ध अपराध र मानवता विरुद्धको अपराध गरेको अनुसन्धान गर्न आह्वान गरेका छन् ।
“रुसी युद्ध अपराधका सबै प्रमाणहरू सावधानीपूर्वक सङ्कलन गर्न, म अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय संगठनहरूलाई युक्रेनी कानून प्रवर्तन सँस्था हरूसँगको सहयोगमा बुचा र अन्य मुक्त शहरहरू र गाउँहरूमा आफ्ना शिष्टमंडल(मिसन)हरू पठाउन आग्रह गर्दछु, ” टाइम्स यूके रेडियोमा आइतबार कुलेबाले भने।
“हामी अझै शव सङ्कलन र खोजी गरिरहेका छौं, तर संख्या सयौंमा पुगिसकेको छ। शवहरू सडकमा परेका छन्। उनीहरूले यी गाउँ र शहरहरूमा र बाहिर जाने क्रममा सर्वसाधारणलाई मारेका छन्,” उनले भने।
प्रतिक्रिया