युक्रेनी सेनाले चेर्नोबिल आणविक कारखाना नजिकैको प्रेतात्मा शहर प्रिप्याट नियन्त्रण गर्दै फिर्ता लिएको छ । युक्रेनी सेनाले चेर्नोबिल आणविक उर्जा केन्द्र नजिकैको भूत (घोस्ट )शहर प्रिप्याटलाई नियन्त्रणमा लिई पुनः प्राप्त गरेको छ, युक्रेनको सशस्त्र बलले आइतवार बताएका छन् ।
“आज, अप्रिल ३ , युक्रेनको सशस्त्र बलका प्याराट्रूपर्स(वायुच्छत्र )को इकाईले प्रिप्याट शहरको क्षेत्र र बेलारुससँग युक्रेनको राज्य सीमानाको क्षेत्रलाई नियन्त्रणमा लिएको छ,” सामाजिक संजाल मार्फत जानकारी दिइएको छ ।
चेर्नोबिलमा विस्फोट र आगो लागे पछि १९८६ पछि प्रिप्याट शहर खाली गरिएको थियो । २६ अप्रिल ,१९८६ मा चेर्नोबिलमा भएको विस्फोटको ३० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
गत फेब्रुअरीको अन्तमा युद्धको पहिलो हप्तामा चेर्नोबिल कारखाना र यसको वरपरको क्षेत्र रूसी सेनाले कब्जा गरेको थियो ।
तर गत बिहीबार रुसी सेनाले युक्रेनको आणविक ऊर्जा संयन्त्रहरूको निरीक्षण गर्ने राज्य उद्यमका अनुसार युक्रेनी कर्मचारीहरूलाई आफ्नो नियन्त्रण छोड्ने र सुम्पने आफ्नो मनसाय घोषणा गरेको थियो भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया