धर्मगुरु पोप फ्रान्सिस युक्रेनको भ्रमण गर्ने

इनेप्लिज २०७८ चैत २० गते १०:२६ मा प्रकाशित

रोमन क्याथोलिक गिर्जाघर(चर्च)का सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले युक्रेनको भ्रमण गर्ने विचार गरि रहेको बताईएको छ । गत शनिबार देशका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तथा राजधानी किभका नगर प्रमुख भिटाली क्लित्सकोको निमन्त्रणा पछि किभ भ्रमण गर्ने विचार गरि रहेको समाचार बाहिर आएको छ ।

जेलेन्स्की र क्लित्सकोले पोपलाई यस महिनाको सुरुमा युक्रेनको राजधानीमा निम्तो दिएका थिए ।

भ्याटिकनले त्यस समयमा निमन्त्रणा प्राप्त भएको पुष्टि गरेको छ भने तर कुनै यात्रा योजनाहरू उल्लेख भने गरेको छैन । तर फ्रान्सिसले शनिबार उनलाई रोमबाट माल्टा लैजाने विमानमा एक पत्रकारलाई टेबलमा रहेको उनले बताए भनि द गार्डियनले समाचार लेखेको छ ।

रुस–युक्रेन युद्धका कारण बिग्रिएको आप्रवासन संकटमा ध्यानाकर्षण गराउने उद्देश्यले ८५ वर्षीय फ्रान्सिस दुई दिने भ्रमणका लागि माल्टा गएका थिए । द गार्डियनका अनुसार उनले पहिलो पटक आईटीए विमानबाट टार्माकमा ओर्लनको लागि इलेभेटर (उत्थापक) प्रयोग गरे। महिनौंदेखि घुँडा दुख्ने र सुन्निएको कारण फ्रान्सिसले माल्टाको राजधानी भालेट्टा टापूको पनि भ्रमण गरेका थिए।

युक्रेनमा रुसको आक्रमणले १ करोड भन्दा भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ, जुन देशको कुल जनसंख्याको लगभग एक चौथाई बराबर छ भनि युपीआईले जनाएको छ ।

प्रतिक्रिया