युक्रेनको सीमा नजिकै रहेको रुसी इन्धन भण्डारमा आगलागी ,आरोप युक्रेनलाई

इनेप्लिज २०७८ चैत १८ गते ११:२७ मा प्रकाशित

युक्रेनको सीमा नजिकै रहेको रुसी इन्धन भण्डारमा आगलागी भएको छ । युक्रेनी सीमा नजिकैको रुसी शहर बेलगोरोडमा रहेको इन्धन भण्डार (डिपो)मा आगलागी भएको क्षेत्रीय गभर्नरले शुक्रबार बिहान आफ्नो संचार माध्यम (टेलिग्राम च्यानल)मा भने।

बेलगोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले थप प्रमाण नदिई आगलागीको पछाडि युक्रेन रहेको आरोप लगाए।

“तेल भण्डारमा आगो युक्रेनी सशस्त्र बलका दुई उदग्रबिमान (हेलिकप्टर)बाट आएको हवाई हमलाको कारण भएको हो जुन कम उचाइमा उडान गर्दै रूसी संघको क्षेत्रमा प्रवेश गरेको थियो , “ग्लेडकोभले भने।

आक्रमणको कारण ले “इन्धनको भण्डारमा आगो लगाएको छ,” रुसी सरकारी संचार माध्यम टिएएसएसले रुसको आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै विवरण दिएको छ ।

आगलागीमा भण्डार का दुई कर्मचारी घाइते भए पनि उनीहरूको ज्यान खतरामुक्त रहेको ग्लाडकोभले भने। भण्डार वरपरका बासिन्दाहरूलाई विस्थापित भइरहेको उनले बताए।

आपतकालीन सेवाहरू घटनास्थलमा आगो निभाउने क्रममा छन्, र शहरको जनसंख्यालाई कुनै खतरा छैन, ग्लाडकोभले भने।

डिपोमा करिब १६,००० घन मिटर (३.५२ मिलियन ग्यालन) इन्धन जलेको बताईएको छ । युक्रेनको सशस्त्र बलका सार्वजनिक मामिला विभागका प्रमुख बोहदान सेनिकले घटनाको बारेमा “कुनै जानकारी” नभएको बताए।

 

प्रतिक्रिया