गठबन्धन गरि निर्वाचनमा जानुपर्छ– नेकां केस नेतृ कोइराला

इनेप्लिज २०७८ चैत १६ गते २३:२९ मा प्रकाशित


विराटनगर,१६ चैत।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुवीच गठबन्धन गरी निर्वाचनमा जानु पर्ने बताउनु भयो।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको संरक्षण,राजनीतिक स्थिरताका लागि निर्वाचनमा गठबन्धन कायम गरि जानु पर्ने आवश्यक्त्ता औल्याउनु भयो।पूर्व उपप्रधानमन्त्री समेत रहनु भएकी नेतृ कोइरालाले गठवन्धनको कारण दुई पटक विघटन गरिएको संसद पुनस्र्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकोले हामीहरु स्वार्थी हुनुहुदैन भन्नु भयो।

उहाँले नेकां केन्द्रीय कार्य समितिको निर्णय पार्टीका सबै नेता एवं कार्यकर्ताहरुले अनुशरण गरि निर्वाचनमा बिजयी बनाउने अभियानमा लाग्न आग्रह गर्नु भयो। नेतृ कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै सरकार सञ्चालनबाट लोकतन्त्रको संस्थागत,जनतामा रोजगारी र मुलकमा परिवर्तन सम्भव हुने धारणा राख्नु भयो।

एक प्रश्नको जवाफमा उहाँले १४ अधिवेशनमा डा शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्नु भयो।नेतृ कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङको क्षेत्र नं २ बाट प्रत्यक्षबाट उम्मेदवार हुने घाषणा समेत गर्नु भयो।

प्रतिक्रिया