युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार नर्वेको संसदलाई सम्बोधन गर्दै थप हतियार र युरोपलाई रुसका लागि आफ्नो समुद्री बन्दरगाह बन्द गर्न आह्वान गरेका छन ।
जेलेन्स्कीले जहाज बिरुद्ध मार हान्ने क्षेप्यास्त्रहरु, प्रक्षेप्यास्त्र , बख्तरबन्द लगायत माग गरे।
“तपाईहरुले हामीलाई मद्दत गर्न सक्ने सबै हतियारहरू हाम्रो स्वतन्त्रता, तपाईहरुको स्वतन्त्रताको रक्षा गर्न मात्र प्रयोग हुनेछन्,” उनले भने।
जेलेन्स्कीले अगाडी भने, रुसले युक्रेनको समुद्री बन्दरगाहहरू अवरुद्ध गरिरहेको छ, जुन डकैती हो।
“रूसले विश्व बन्दरगाहहरू स्वतन्त्र रूपमा प्रयोग गर्न सक्षम हुनु हुँदैन। यो विश्वव्यापी समुद्री सुरक्षाको कुरा हो,” उनले भने।
उनले युक्रेनमा “पूरै महाद्वीप, उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम, अहिले निर्णय भइरहेको छ” उन्ले चेतावनी दिए।
श्रोत : सिएनएन
प्रतिक्रिया