जेलेन्स्कीले रुसी पत्रकारहरूसँगको उनको अन्तर्वार्ताबाट मस्को “डराएको” बताए

इनेप्लिज २०७८ चैत १४ गते ११:३२ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्वतन्त्र रूसी पत्रकारहरूसँगको उनको अन्तर्वार्तालाई सेन्सर(संसोधन) गर्ने रुसको प्रयासप्रति प्रतिक्रिया व्यक्त गर्दै भने, “सत्य भन्न सक्ने पत्रकारहरूबाट मस्को “डराएको” छ ।

“हाम्रो सशक्त देशका सशक्त मानिसहरू, आज त्यो दिन हो जब म रुसी संघबाट कति टाढा छौं भनेर बारम्बार विश्वस्त छु,” जेलेन्स्कीले आइतवार आफ्नो पछिल्लो अङ्कियदृश्य (भिडियो )मा भने।

” कल्पना गर्नुस ,रुसी पत्रकारहरूसँगको मेरो अन्तर्वार्ताका कारण उनीहरू मस्कोमा डराएका छन् । तिनीहरूमध्ये जसले सत्य बोल्न सक्छन्।”

“(उनीहरूले) आफ्नो राज्यमा वाक् स्वतन्त्रता नष्ट गरे, (र) छिमेकी राज्यलाई नष्ट गर्न खोजिरहेका छन्। तिनीहरूले आफूलाई विश्वव्यापी खेलाडीको रूपमा चित्रण गर्छन्। र, तिनीहरू आफैं धेरै पत्रकारहरूसँग तुलनात्मक रूपमा छोटो कुराकानीबाट डराउँछन्,” जेलेन्स्कीले भने।

“त्यस्तो प्रतिक्रिया छ भने, हामी सबै ठीक गर्दैछौं। मतलब तिनीहरू भयभित (नर्भस )छन्।” उनले थपे ।

प्रतिक्रिया