जेलेन्स्कीद्वारा नेटोलाई १ % हतियार दिन पुन :आह्वान,बख्तरबन्द गाडी (ट्याङ्क) र विमानहरूको माग

इनेप्लिज २०७८ चैत १३ गते १०:४७ मा प्रकाशित

जेलेन्स्कीद्वारा नेटोलाई १ % हतियार दिन पुन :आह्वान गरेका छन् । यो भन्दा अगाडीनै उनले नेटोलाई सम्बोधन गर्ने क्रममा पश्चिमी नेताहरुलाई तपाईहरुसंग भएका हतियार मध्ये केवल १ % मात्र सहयोग गर्न आह्वान गरेका थिए ।

पुन उनले यस कुरालाई दोहोर्याएका छन् र युक्रेनी राष्ट्रपतिले युरोपबाट थप बख्तरबन्द गाडी (ट्याङ्क) र विमानहरू मागेका छन्।

रूसी सेनाले युक्रेनमा धेरै दिशाबाट आक्रमण जारी राखेको अवस्थामा उनले पश्चिमीलाई अनुरोध गरेका हुन् ।जेलेन्स्कीको नेतृत्वमा युक्रेनीहरूले “कडा प्रतिरोध” गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन्  ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “विशेष सैन्य अभियान” घोषणा गरे पछि आक्रमण फेब्रुअरी २४ बाट सुरु भएको हो ।

छिमेकी बेलारुसबाट युक्रेनको राजधानी कीभतर्फ अगाडी बढ्दै गरेको रुसी सेनाले प्रतिरोधको बावजुद हालैका दिनहरूमा शहरका केन्द्र नजिक पुगेका छन्।

धेरै नागरिकहरु भएका भवनहरू कीभ, साथै खार्किभ र मेरिउपोल जस्ता प्रमुख शहरहरूमा भारी गोलाबारी र क्षेप्यास्त्र आक्रमणहरू जारी छन्। रुसले गत हप्ता पहिलो पटक पश्चिमी शहरहरूमा बमबारी गरेको थियो  ।

रुसलाई संयुक्त राज्य अमेरिका, क्यानडा र युरोपभरका देशहरूबाट प्रतिबन्ध लगाइएको छ, जसले रुसी अर्थतन्त्रका साथै पुटिन आफैंलाई लक्षित गरेको छ ।

प्रतिक्रिया