मदन बस्नेत, टोरोन्टो। क्यानाडा र अमेरिकामा बस्ने नेपाली भाषीहरुलाई लक्षित गरेर अमेरिका स्थित “ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका” ले गायन र नृत्य गरि दुई भिन्न बिधाको “रियालिटी शो” सुरु गर्दैछ।
“मेरो भ्वाइस कप अमेरिका” र “मेरो डान्स कप अमेरिका” टाईटलकोलागि क्यानाडा र अमेरिकामा बसोबास गर्ने १४ बर्ष उमेर माथिका ईच्छुक नेपाली भाषीले आबेदन दिन सक्ने छ्न्।
आबेदन ईन्ट्रा फाउन्डेसन एप मार्फत सजिलै भर्न सकिन्छ।
नाम रजिस्ट्रेशनको डेडलाईन मार्च ३१ तोकिएको छ।
नाम दर्ता गर्नकोलागी अमेरिकी डलर एक सय – १०० शुल्क लाग्ने छ। सहभागीहरुको संख्या उल्लेखनीय भएको खण्डमा अडिशन क्यानाडामा पनि हुनेछ। अन्यथा अडिसन अमेरिकामा गरिने छ।
अडिसनकालागि ट्राभल, अ्याकमोडेशन लगायतका सम्पूर्ण खर्च आयोजकले नै ब्यहोर्नेछ। अडिसनबाट छनौट भएका उत्कृष्ट १२ ले नेपाल जाने अवशर पाउने छ्न्। र, प्रतियोगिताको बाँकी राउन्डहरु नेपालमा नै सम्म्पन्न गरिने र नेपालका प्रतिष्ठित टेलिभिजनहरुबाट त्यसको प्रत्यक्ष प्रसारण पनि गरिने छ।
“रियालिटी शो” का जजहरुमा गायन तर्फ: प्रमोद खरेल, जगदीश हमाल र अर्जुन रसाइली लगायतका चर्चित चेहराहरु छ्न् भने नृत्य तर्फका जजहरुमा दिलिप रायमाझी, केकी अधिकारी, शंकर बिसी र नरमान राई रहेका छ्न्।
प्रतियोगिताको दुबै बिधाका बिजेताले नगद पुरस्कारको अलावा प्रथम हुनेले टोयाटा र्याभ ४, फ्रस्ट रनर अपले १० तोला सुन र सेकेन्ड रनर अपले १० तोलाको चाँदीको कप पाउने छ्न्।
त्यसैले आफ्ना बाबू नानीहरु गायन वा नृत्य सिक्दै छन् वा उनीहरुमा त्यस्तो ट्यालेन्ट छ भने उनीहरुको प्रतिभा प्रस्फुटनकोलागि यो एउटा राम्रो अवसर हो।
ईन्ट्रा फाउन्डेसन एप डाउनलोड गरेर आफ्ना बाबुनानीहरुको नाम दर्ता गराउन नभुल्नु होला। नाम रजिस्ट्रेशनको डेडलाईन मार्च ३१
प्रतिक्रिया