काठमाडौँ, १० माघ । राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले केहीबेर अघि राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्नुभयो ।
त्यस अवसरमा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, माघ ८ गते संविधान जारी गर्न नसक्नाको कारण, समसामयिक राजनीतिक परिस्थिति, संविधानसभामा सहमतिका लागि भइरहेको प्रयासलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका सञ्चार संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया