निवृत्त शिक्षक समाज केन्द्रिय अध्यक्षमा ध्रुवराज शर्मा अर्याल चयन भएका छन्।समाजको गत फागुन २८ गते काठमाडौमा भएको चौथा राष्ट्रिय आधिवेशनबाट अर्याल सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ ।यस अघि शर्मामा समाजको वरिष्ठ उपाध्यक्षमा थिए।चौथो अधिवेशनबाट अध्यक्ष सहित ३३ सदस्यीय नयाँ कार्यसमिती पनि निविरोध चयन भएका छन्।आगामी ३ वर्षका लागि उनीहरु चयन भएका हुन्।नवनिवार्चित समितिको वरिष्ठ उपाध्यक्षमा तोयनाथ लामिछाने, महिला उपाध्यक्षमा मीरा प्रधान, प्रदेश १, ,मधेश प्रदेश उपाध्यक्षमा दुर्गा प्रसाद दाहाल,,बाग्मती प्रदेश उपाध्यक्ष चुड़मणि देवकोटा ,गण्डकी प्रदेश उपाधक्षमा गैहेन्द्रराज विष्ट, लुम्बीनी प्रदेश उपाध्यक्षमा शंकर दिवस मजगंैया ,,सुदुर पश्चिम् प्रदेश उपाध्यक्षमा महेन्द्र सिंह बम,महासचिवमा ईश्वर वहादुर श्रेष्ठ,सचिवमा अभिमन्यु गौतम,सचिव महिलामा अञ्जु श्रेष्ठ ,कोषाध्यक्षमा खिमकान्त पराजुली,सह कोषाध्यक्षमा मनहरि पौडेल निर्विरोध चयन गरिएको छ।
यसैगरी केन्द्रिय सदस्यहरुमा बलराम श्रेष्ठ,रमाकान्त यादव,शिवनन्दन यादव,गुणराज गौतम,शालिक ग्राम अर्याल,राम शिख्वा,यज्ञराज ढुङ्गेल,तिर्थराज रिमाल,अंगराज घिमिरे ,हरि प्रसाद शर्मा लामिछाने,गोविन्द न्यौपाने,बलराम यादव,अम्ब दत्त जोशी,मदन कुमार जोशी,टेक बहादुर के.सी.,जनक लाल श्रेष्ठ ,लोकेन्द्रकुमार थापा,सुर्यनाथ अधिकारी,विष्णा शर्मा पौडेल र सपना खरेल शिवाकोटी चयन भएका छन् त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा को प्रमुख आतिथ्यता एवं समाजका केिन्द्रय अध्यक्ष चुडामणि शर्मा कट्टेलको सभाध्यक्षतामा सो अधिवेशन सम्पन्न,भएको थियो।समाजमाको २०५७ सालमा स्थापना भएको थियो।समाजका ५१ जिल्लामा शाखा विस्तार भएको छ।
प्रतिक्रिया