प्रधानन्यायाधीश ज्यु तत्काल व्यवस्था परिवर्तन गर्न आवश्यक छ

इनेप्लिज २०७८ चैत ८ गते ०:२६ मा प्रकाशित

संसद अधिवेशनको अन्त्य किन ? प्रधानन्यायाधीश माथि अन्याय भएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पदमा वहाली हुन नदिनका लागि संसद अधिवेशनको अन्त्य गरिएको हो । प्रधानन्यायाधीशले मेरो भनाईलाई बुझ्नुपर्ने हुन्छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दलीय व्यवस्थामा प्रतिबन्ध लगाई दलीय व्यवस्था माथी नै धावा गर्नुपर्ने समय आएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा माथि महाअभियोग प्रमाणित हुने अवस्था नदेखिएकाले एकाएक षड्यन्त्र पुर्वक संसद अधिवेशनको अन्त्य गरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यकाल अवधि विक्रम सम्वत २०७९ सालको मंसिर महिनामा सकिन्छ।यसकारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मंसिर सम्म कुनै पनि हालतमा पदमा वहाली हुन नदिनका लागी महाअभियोग प्रस्तावलाई छल्न संसद अधिवेशनको अन्त्य गरिएको मेरो बुझाई छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा माथिको महाअभियोगले नेताहरूलाई वनको बाघले नखाए पनि मनको बाघले भने अवश्य खाएको छ।प्रधानन्यायाधीश माथिको महाअभियोगले नेताहरुको रातदिनको निद्रा र होस समेत गुमाएको छ।नेताहरूको स्वार्थ अनुकूलको काम भएन भने प्रधानन्यायाधीशहरु माथी महाअभियोग लगाउने कहाँको प्रचलन हो ? यस्तै गरि प्रधानन्यायाधीश सुशीला कार्कीले नेताहरूको स्वार्थ अनुकूल काम नगरेपछि प्रधानन्यायाधीश सुशीला कार्की माथि पनि महाअभियोग लगाईएको थियो।अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दलीय व्यवस्था माथि नै धावा बोल्नुपर्ने समय आएको छ।

मुलुकमा पटकपटक दलीय व्यवस्था देखियो।तर दलीय व्यवस्थाले हाम्रो मुलुक नेपालमा निकास आउँदैन।मुलुकमा दलीय व्यवस्था असफल भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ज्यु दलीय व्यवस्थाको अन्त्य गरौं र अब व्यवस्था परिवर्तन गरौं।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया