दुबईमा बनभोज कार्यक्रम सम्पन्न

लालबहादुर ढेंगा, दुबई,युएई २०७८ चैत ७ गते २१:४४ मा प्रकाशित

 

दुबई।गएको २० मार्च आइतबारका दिन दुबईबाट टाढा अति नै सुन्दर पहाडै पहाड भएको रमाइलो ठाउं मसाफी फुजेराहमा नेपाली विभिन्न परिकारका स्वादका साथ विविध लोक सांगीतिक माहौलमा भव्य र सव्य तरिकाले बनभोज कार्यक्रम सम्पन्न गरेको छ।सो बनभोज कार्यक्रम धादिङ समाज युएईले आयोजना गरेको हो ।

उक्त बनभोज कार्यक्रममा प्रमुख अतिथिको आशनमा अभिभावकको रुपमा धर्मराज अर्याल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सोही समाजका अध्यक्ष पुष्पबहादुर गुरुङले गर्नु भएको थियो।त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,व्यवसायी,बुद्धिजीवी, कलाकार र पत्रकारहरु रहेका थिए।

नेपाली राष्ट्रिय गानबाट थालनी गरिएको कार्यक्रमलाई महासचिव दिपक खड्काले संचालन गरेको थियो।कार्यक्रमलाई सहज र सरलसंग सफल पार्नका लागि सम्पूर्ण दर्शकहरुको हात रहेको भन्दै आयोजक टिमलाई धन्यबाद सहित आफ्नो शुभकामना मन्तव्य माया सेढाई के.सीले दिइकी थिइन।

लाङघाली संगीत संसार ग्रुपको मौलिक नौमति पंचेबाजामा सबैजना नाच्नमा आतुर देख्न सकिन्थ्यो । विभिन्न परिकारका स्वादसंगै आफ्नै लोक संगीतमा झुम्न पाउनु अझै नेपालको झल्को मेटाउने खालका त्यस्तै डाडा पखेरा सरह ठाउंमा । प्रवासको भूमिमा पनि आफ्नै भूमिमा झै रम्न र रमाउन पाउदा सबैले आफ्नै नेपालमा भएको जस्तै आभास गरेका थिए।

सार्वजनिक एक दिने बिदाको दिनमा अलगै खालको रमाइलो गर्न पाएकोमा सबैजनाको चेहरामा खुशीको लहर झल्केको थियो।पहिलो पटक जानेहरुले अलगै खालका अनुभव बटुल्न पाएका थिए।


सन् २००४ मा “सम्पूर्ण धादिङवासीहरु एकजुुट होऔं” भन्ने मूल नाराका साथ स्थापना गरिएको धादिङ समाज युएईले कलिलो १८ बर्षमा पाईला टेक्दै छ। स्थापनाकालदेखि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै धेरै सामाजिक कार्य तथा उद्धार कार्यहरु गरेको उदाहरण देख्न पाईन्छ।आफ्नो जिल्लावासीहरुलाई एकजुट पार्दै यहां मात्र नभएर नेपालमा पनि धेरै सहयोग गरेको सूचि भेटिन्छ।यस्ता खालका क्रियाकलापले जनमानसमा सहयोगका साथ भाईचारा र सत्भाव बढ्ने गर्दछ।

बनभोज कार्यक्रममा खानाको कुपन नम्बरमा चिठ्ठाको समेत व्यवस्था गरिएको थियो ।जस्मा ३२” ईन्चको टिभीका साथ अन्य आकर्षक उपहारहरु रहेको थियो। भन्नाले बनभोजको रमाईलो,खानाको स्वादसंगै अझै त्यसमाथि पनि उपहारै उपहार।जान र आउनका लागि बसको सुविधादेखि लिएर हरेक कुरामा राम्रो व्यवस्थापन गरिएको थियो।साथै समाजको लागि विभिन्न ठाउंबाट योगदान दिएका व्यक्तिहरुलाई सम्मान पत्र दिएर सम्मानित गरेका थिए।

लालबहादुर ढेंगा, दुबई,युएई

प्रतिक्रिया