चीनले युक्रेनलाई थप १.५७ मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने

इनेप्लिज २०७८ चैत ७ गते ११:०२ मा प्रकाशित

चीनले युक्रेनलाई थप १.५७ मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

चीनले युक्रेनलाई १० मिलियन आरएमबी (१.५७ मिलियन डलर) बराबरको मानवीय सहायताको अर्को समूह उपलब्ध गराउने भएको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार युक्रेनको परिस्थिति विकास र वास्तविक आवश्यकताको आधारमा उक्त थप सहयोग पठाइने भएको बताएको छ ।

“चीनले युक्रेनको अवस्थालाई न्यूनीकरण गर्न रचनात्मक भूमिका खेल्न जारी राख्नेछ र मानवीय संकटलाई पार गर्न आफ्नै प्रयासहरू गर्न इच्छुक छ,” विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार भेटघाटमा भने।

चीनले यस महिनाको सुरुमा युक्रेनलाई मानवीय सहायताको पहिलो समूहमा ५० मिलियन आरएमबि अर्थात् ७ लाख ९० हजार डलर उपलब्ध गराएको थियो।

प्रतिक्रिया