युक्रेनले घेरिएको मारियुपोलमा आत्मसमर्पण नगरेको बताएको छ । युक्रेनी अधिकारीहरूले सोमबार बिहान दक्षिणी बन्दरगाह शहर मारिउपोललाई आत्मसमर्पण गर्न रुसको मागलाई अस्वीकार गरेका छन्।
एसोसिएटेड प्रेसका अनुसार उपप्रधानमन्त्री इरिना भेरेश्चुकले भनिन , “आत्मसमर्पण गर्ने र हतियार राख्ने कुरा हुन सक्दैन।” अधिकारीहरूले यसको सट्टा शहरबाट बासिन्दाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अनुमति दिन रूसलाई आग्रह गरे।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहानको अङ्कियदृश्य (भिडियो )सम्बोधनमा उनको सरकारले निकासी जारी राख्न सोमबार मारिउपोलमा यात्रीयान(बस)हरू पठाउने तयारी गरिरहेको बताए ।
“रुसी सैनिकबाट घेरा हालिएको मारिउपोलमा रूसी विमानले कला विद्यालयमा बम खसाले। बम बिस्फोटबाट मानिसहरू त्यहाँ लुकेका थिए।,”जेलेन्स्कीले भने।
उनले अगाडी भने “त्यहाँ कुनै सैन्य स्थिति थिएन। त्यहाँ करिब चार सय नागरिक थिए । अधिकांश महिला र बालबालिका, वृद्धवृद्धा । उनीहरु भग्नावशेषमुनि रहेका छन् । अहिले कति जना जीवित छन्, हामीलाई थाहा छैन।”
मानव अधिकार सँस्था (ह्युमन राइट्स वाच)ले सोमबार प्रकाशित गरेको प्रतिवेदन अनुसार मारिउपोलमा निरन्तर गोलाबारीको कारण खाना, पानी र औषधि लगायतका अत्यावश्यक वस्तुहरू पुर्याउन समस्या भएको बताएका छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
ह्युमन राइट्स वाचका वरिष्ठ संकट र द्वन्द्व अनुसन्धानकर्ता बेल्किस विलेले एक विज्ञप्तिमा भने, “मारिउपोलका बासिन्दाहरूले मृत शरीर र ध्वस्त भवनहरूले भरिएको चिसो नर्कको दृश्य जस्तो भएको ब्याख्या गरेका छन्।”
उनले थप्दै भने “ति भाग्यशालीहरू हुन् जसले रुसी सेनाले घेरेको शहर छोडेर भाग्न सफल भए।”
प्रतिक्रिया