अस्ट्रेलियाले युक्रेनीहरूका लागि नयाँ मानवीय प्रवेशाज्ञा योजनाको घोषणा गरेको छ । अस्ट्रेलियाले अस्ट्रेलियामा रहेका सबै युक्रेनीहरु अस्थायी प्रवेशाज्ञा (भिसा) धारकहरू र आगामी महिनाहरूमा आउनेहरूलाई अस्थायी मानवीय भिसा ( प्रवेशाज्ञा )उपलब्ध गराउने भएको आइतबार घोषणा गरेको छ ।
उक्त प्रवेशाज्ञा (भिसा) योजनाले मानिसहरूलाई ३ वर्षसम्म काम गर्न र औषधि उपचार (मेडिकेयर) लगायत सरकारी सहयोगमा पहुँच गर्न अनुमति दिने, अध्यागमन मन्त्री एलेक्स हकले बताए ।
अष्ट्रेलिया सरकारले यो समूहलाई उपयुक्त स्थायी प्रवेशाज्ञा (भिसा) विकल्पहरू “उचित समयमा” उपलब्ध गराउने सुनिश्चित गर्न युक्रेनी-अष्ट्रेलियाली समुदायसँग काम गर्ने बताएको छ।
फेब्रुअरी २३ देखि अष्ट्रेलियाले लगभग ५००० युक्रेनीहरूलाई अस्थायी भिसा प्रदान गरेको छ, जसमध्ये लगभग ७५० जना अस्ट्रेलिया आइपुगेका छन भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया