युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा रुसी सेनामा संलग्न हुन खोज्नेहरूलाई चेतावनी दिएका छन् । उनले यो “तपाईहरुको जीवनको सबैभन्दा खराब निर्णय” हुनेछ । उनले गत बिहीबार राती सामाजिक संजाल फेसबुकमा प्रकाशन गरेको अङ्कियदृश्य (भिडियो )मा उक्त सन्देश दिएका हुन् ।
“छोटो समयको लागि प्रस्ताव गरिएको पैसा भन्दा लामो जीवन राम्रो छ,” जेलेन्स्कीले भने। उनले युक्रेनसँग रुसी सेनाले अन्य देशका भाडाका सैनिकहरू भर्ती गरिरहेको जानकारी युक्रेनसँग रहेको दाबी गरे, तर यसले उनीहरूलाई मद्दत नगर्ने बताए।
युक्रेनी सेनाले अझै पनि देशका सबै प्रमुख क्षेत्रहरू आफ्नो नियन्त्रणमा राखेको उनले भने ।
नयाँ रूसी भर्ती भएका सिपाहीहरूलाई कैदीको रूपमा लिइएको छ, जेलेन्स्कीले भने – तर थपे, “हामीलाई १३ वा हजारौंको संख्यामा मरेका रूसी सैनिकहरूको आवश्यकता छैन।”
रुसी जनतालाई सम्बोधन गर्दै उनले भने, “हामी यो युद्ध चाहँदैनौं। हामी केवल शान्ति चाहन्छौं। र हामी चाहन्छौं कि तपाईहरु आफ्ना अधिकारीसँग डराउनु भन्दा बढी आफ्ना छोराछोरीलाई माया गर्नुहोस्।”
जेलेन्स्कीले बेलायती, क्यानाडा र अमेरिकी सांसदहरूलाई पहिले सम्बोधन गरे पछि बिहीबार जर्मन संसदलाई सम्बोधन गरे। उनले आफ्नो सामाजिक संजाल अनुहार किताव (फेसबुक) सन्देशमा आफू साझेदार राष्ट्रहरूसँग कुरा जारी राख्ने बताए।
प्रतिक्रिया