चीनले “कहिल्यै युक्रेनमा आक्रमण गर्ने छैन,” लभिभ क्षेत्रीय सरकारको एक विज्ञप्ति अनुसार चिनका शीर्ष कूटनीतिज्ञले सोमबार अधिकारीहरूलाई भने ।
“चीनले युक्रेनमा कहिल्यै आक्रमण गर्ने छैन। हामी मद्दत गर्नेछौं, विशेष गरी आर्थिक रूपमा… यो अवस्थामा, जुन तपाईसँग अहिले छ, हामी जिम्मेवारीपूर्वक काम गर्नेछौं,” युक्रेनका लागि चिनियाँ राजदूत फ्यान सियानरोङले लभिभमा क्षेत्रीय सैन्य प्रशासनका प्रमुख म्याक्सिम कोजित्स्कीलाई भने।
“चीन युक्रेनी जनताको मित्र राष्ट्र हो। एक राजदूतको हैसियतमा म जिम्मेवारीपूर्वक भन्न सक्छु कि चीन सधैं आर्थिक र राजनीतिक रूपमा युक्रेनको लागि राम्रो शक्ति हुनेछ।”
कोजित्स्कीका अनुसार चिनियाँ दूतावास कीभबाट लभिमा सरेको र तत्कालै त्यहाँ रहने फ्यानले बताए भनि सिएनएनले समाचार लेखेको छ ।
“रूस र युक्रेन बीचको द्वन्द्व चीनको लागि राम्रो हैन । यदि चीनले आसन्न संकटको बारेमा थाहा पाएको भए हामीले यसलाई रोक्न सक्दो प्रयास गर्ने थियौं,” किनले लेखे।
प्रतिक्रिया