युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि कम्तिमा १०३ बालबालिकाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार सामाजिक संजाल अनुहार किताव (फेसबुक)मा प्रकाशन गरेको अङ्कियदृश्य (भिडियो )सन्देशमा भने ।
अमेरिकी कांग्रेसलाई सम्बोधन गर्नु अघि बोल्दै, तर पछि सामाजिक संजालमा जारी गरिएको अङ्कियदृश्य (भिडियो)मा जेलेन्स्कीले भने, “हिजो राती, रुसी सेनाले युक्रेनी क्षेत्र, हाम्रा शान्तिपूर्ण शहरहरू, हाम्रा नागरिकहरूमा गोलाबारी जारी राख्यो। खार्किभ र क्षेत्र .तिनीहरूले ओडेसा क्षेत्रको तटमा बमबारी र कीभमा क्षेप्यास्त्र हरू प्रहार गरे। जापोरिजियाको नागरिक पूर्वाधार आक्रमण गरे ।”
उनले थपे, ‘आज बिहानसम्म १०३ बालबालिकाको मृत्यु भएको छ ।
जेलेन्स्कीले आठ वर्षको युद्धमा डोनबासको तुलनामा रुसी सेनाले युक्रेनमा “सयौं गुणा बढी क्षति” गरेको बताए। युक्रेनी राष्ट्रपतिले युक्रेनमा हालसम्म कूल ४०० शैक्षिक संस्था ध्वस्त भएको र ११९ डोनेट्स्क क्षेत्रमा रहेको बताए ।
जेलेन्स्कीले उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकसँग कुरा गरेको बताए । र ,युक्रेनको अभियोजकको कार्यालय र कानून प्रवर्तन सँस्थाहरूले “आक्रमणकारीहरूलाई न्यायको दायरामा ल्याउन” काम सुरु गरिसकेका छन ,उनले भने । यता हेगस्थित इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले युक्रेनमा युद्धको औचित्य पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै मस्कोलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न आदेश दिएको छ।
“युक्रेनीहरू विरुद्ध सबै युद्ध अपराधहरूको लागि आक्रमणकारीहरू जिम्मेवार हुनेछन्,” उनले भने।
प्रतिक्रिया