युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार मंगलबार बिहान बिद्युत सन्देश (टेलिग्राम)मा प्रकाशन गरिएको अङ्कियदृश्य( भिडियो)सन्देशमा रूसी सैनिकहरूसँग प्रत्यक्ष कुरा गरे।
“रूसी भर्तीहरू ! मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। रूसी अधिकारीहरू ! तपाईले सबै कुरा बुझि सक्नु भएको छ। तपाईले युक्रेनबाट केही लिनु हुने छैन। तपाईले ज्यान लिनु हुनेछ। तपाईंहरू धेरै हुनुहुन्छ। तर तपाईंको जीवन पनि लिइनेछ।” राष्ट्रपतिले भने ।
“तर तपाईहरु किन मर्ने ? के को लागि? मलाई थाहा छ तपाईहरु बाँच्न चाहनु हुन्छ ।”
जेलेन्स्कीले युक्रेनले रुसी सैनिकको वार्तालाप सुनिरहेको बताए ।
“हामीले यो मूर्ख युद्धको बारेमा, यो अपमानको बारेमा, र तपाईको राज्यको बारेमा तपाई के सोच्नुहुन्छ भन्ने कुरा सुन्छौं ,एक अर्कासँगको कुराकानी। तपाईको घर परिवारलाई तपाईले गरेको कुराकानी । हामी यो सबै सुन्छौं। हामी निष्कर्ष निकाल्छौं। हामीलाई थाहा छ तपाईहरु को हुनुहुन्छ।” उनले भने ।
“युक्रेनी जनताको तर्फबाट, म तपाईलाई एउटा मौका दिन्छु। बाँच्नको लागि मौका। यदि तपाईले हाम्रो सेनामा आत्मसमर्पण गर्नुभयो भने, हामी तपाईलाई मानिसहरूको रूपमा व्यवहार गर्ने व्यवहार गर्नेछौं। मानिसहरूको रूपमा, सभ्य रूपमा ,छान्नुहोस्!” जेलेन्स्कीले भने।
जेलेन्स्कीले रुसले ८० लडाकु विमान गुमाएको दाबी गरे र “चाँडै नै रुसका खसालिएका उदग्रबिमान (हेलिकप्टर)को संख्या सयौं ईकाई (युनिट)मा पुग्ने छ।”
जेलेन्स्कीले परित्याग गरिएका रुसी उपकरणहरू “हाम्रो सेनालाई उपकरण आपूर्ति गर्ने मध्ये एक” भएको बताए।
श्रोत :सिएनएन
प्रतिक्रिया